Sunday, June 1, 2014

''असफल प्रेम ''

जिन्दगीको जिबन चक्र सुख-दुख हासो-खुसि सबैको समिश्रण हुदै चल्दो रहेछ | जिबनमा आफुलाई भन्दा धेरै माया गर्ने मान्छे जब आफु देखि टाडा हुन्छ त्यतिबेला संसारनै खसे जस्तो आभास हुन्छ,कसैलाई गुमाउदाको पिडा मन मस्तिकमा हरेक क्षर्ण  जिवितै बस्दो रहेछ | साच्ची जब म आइरन गेट (SLC) पास गरेर उच्च शिक्ष! अध्ययन गर्नको लागि भैरहवा सहर छिरेको थिए | गाउको केटो त्यो सहर मलाई एकदम अनौठो लाग्यो | सबै मान्छे काममा बेस्त म जस्तो नया अनुहार त्यो सहरमा घुलमिल हुन केहि समय लागि हाल्छ र मलाइ पनि लागि हाल्यो | बिस्तारै आएको केहि दिनपछि कलेज भर्ना भए कलेज सुरु भयो नया ठाउ,नया परिबेस,नया साथि सबैसंग नजिक हुदै दिनहरु बित्दै गए | अध्ययन संगै घुमफिर,साथीहरुसंग भेटघाट,फ्लिम हेर्ने,नया साथि बनाउने, एफ.एममा सहभागिता जनाउने,गित संगीत सुन्ने मेरो पुरानै बानी थियो | यस्तै क्रममा भैरहवाको स्थानीय एफ एममा प्रत्येक्ष फोन कल 'अनएयर' मा आफ्नो बिचार राख्ने अवसर मिल्यो जसमा मित्रताको भावाना बुझ्ने,कुनै भेदभाब नराख्ने,यस्तै यस्तै बिचार राखेर ठेगाना दिएको थिए |

केहि दिनको अन्तराल पछि मेरो नाममा एउटा पत्र आयो जसमा उनको नाम सपना,म हतार हतार पत्र खोलेर पढे मेरो बिचारसंग सहमत जनाउदै मित्रताको हात अगाडी बढाएर पत्र आएको थियो | त्यहि स्वरुप मैले पनि पत्रको जवाफ दिए फेरी केहि दिनमा रिप्लाई आयो पछि पछि समय बित्दै गयो हामीहरुको मित्रतामा गाढापन थपिदै फोनमा नजिक भै सकेका थियौ मैले उनलाई देखेको,चिनेको थिएन केवल फोनबाट उनको स्वर र पत्र मार्फत उनका सब्दहरुले उनि र म बिचमा परिचित बनाएयो।नभेटे पनि फोन र पत्र मार्फत एक अर्काका भावाना साटा साट गरेकै थियौ | समय बित्दै गयो पत्र भन्दा फोनबाट नजिक हुदै एक अर्कालाई बुझ्ने,नजिक हुने कोसिस गर्यौ | साथि भएको आठ नौ महिना भैसकेको थियो उनले भेट हुने कुरा गर्दै नजिक हुने कुरा गरिन तर सनिबार मात्र मिल्छ समय भन्दै आफ्नो योजना सुनाइन सनिबार बिहान बुटवल माइजुको घर आउने दिनमा भेट हुने कुरा गरिन म पनि मन्जुर भए नहोउ पनि कसरि एउटा केटीले भेट हुन गरेको पस्ताब,पन्छाउने कुरो भएन त्यस माथि त्यो समधुर मिठो बोलीको आग्रह नकार्न कसैले सक्ला र? अनि मेरो मन दिल दिमागमा अनेक ज्वारभाटाका छाल छचल्किन सुरु भए कस्ती छिन होला उनि काली,गोरी,मोटी,पातली,डल्ली कि अग्ली?मनमा अनेक कुरा खेलिरहे | आज बिहिबार पर्सि उनीसंग भेट हुने दिन के भन्ने?के बोल्ने?कसरि बोल्ने? कस्तो लुगा लगाउने यस्तै यस्तै मनभरी कुराहरु खेले ओक्ष्यानमा कोल्टे फेर्दै कुरा गुन्दै थिए कति बेला निदाएछु पत्तै भएन |

भोलिको दिन सुक्रबार थियो कलेज गए आए अनि रूममै कपडा धुने यस्तै काममा पुरा दिन बित्यो त्यो दिन चाडो खाना खाइ सुते भोलि सनिबार बिहानै उठ्नु छ अनि  सपनालाई भेट्न जानु छ | सनिबार बिहानै उठी फ्रेश भएर चट्ट परि समयमै बुटवल गए भनेको ठाऊमा केहि समय प्रतिक्ष्या गरे उनलाई चिन्न सकेन चिनु पनि कसरि पहिलो पटक भेट गर्दैछु लगभग बिस मिनेटको पर्तिक्ष्या पछि टिंग टिंग मुबाइलमा घन्टी बज्यो फोन उठाए मैले कहा छौ भन्दै थिए अलि परबाट हात हल्लाउदै इसारा गरिन अनि मात्र उनलाई चिने उनले पनि मलाई बाटो भरि आखा लगाएकी रहेछिन | त्यसपछि हाम्रो प्रत्येक्ष्य परिचय भयो साच्ची उनि कति राम्री रहेछिन एकछिनमै सपनामा हराउन पुगेछु आफैले आफैलाई चिमोटी बास्तबिक हो कि हैन परिक्ष! लिन्छु यथार्त नै रहेछ | कुराकानी चल्दै थियो कतै पार्कमा बस्ने भनेपछि हामि फुलबारी पार्कतिर लाग्यौ। पार्क पुगी धेरै बेर कुरा गर्दै बस्यौ पहिलो भेट भएनी हामीमा मिठा मिठा गफ चलेकै थिय कुराकानीसंगै फोटो खिचायौ साझ पर्ने थाल्यो पार्कबाट निस्कियौ छुट्ने समय आयो त्यो दिन कति छिट्यो बित्यो समय पत्तै भएन जब उनि आफ़्मो माइजुको घर तिर म पनि भैरहवा तिर लागे छुटने समयमा उनले मलाई पहिलो उपहार सम्झेर लिनु भनेर दियको मायाको चिनो टि-सर्ट हातमा थमाउदै हात हलाएर बिदा भएकी थिइन

साच्चिकै त्यो दिन मेरो लागि अविस्मरणीय दिननै भयो त्यो फुलबारी पार्क हाम्रो मिलनको केन्द्रबिन्दु उनीसंग बिताएको त्यो क्षर्ण संगै खिचाएका फोटा म सम्झदै गाडीमा थिय कति बेला भैरहवा पुगिएछ पत्तै भएन रूम गए काम गरेर खाना खाइ यस्तै मनमा उनकै कुराहरु खेलाई उनकै बारे सोची राखे कति सुन्दर,मिठो बोलि मिजासिपन,कति बणन योग्य थिय ति कुराहरु सोची साध्य थियन टिंग टिंग मुबाइलमा घन्टी बज्यो उनैको थियो उठाए कुराकानी भयो उनलाई पनि त्यो दिन महत्तोपुर्ण भयो सुनाउदै थिइन । लामो एक आपसमा भलाकुसारी भएसी फोन राखियो दिन भरको हिडाई हल्का थकान भएता पनि उनीसंगको मिलनले सब हराई सकेको थियो | त्यो दिन बित्यो भोलि कलेज जानु पर्ने निद्रा देवीको सरनमा परियो ! पछि दिनहु फोन कल हुदै गयो,कति नजिक हाम्रो नाता हुन पुग्यो समय बितेको पत्तै भएन बेला बेलामा उनीसंगको भेट कति स्मरीय बन्दै गएका थिए | हाम्रो +२ को परिक्ष्या आयो दिइयो दुबैको राम्रो भयो ,ब्रेकको समयमा फोनमा कुरा भेट घाट चलिनै रह्यो मायामा सुगन्धका लहरा चल्दै गए केहि समय पछि परिक्ष्या फल प्रकाशित भयो पास भय म उनि पनि पास भईन खुसि लाग्यो | साच्ची उनलाई म धेरै मन पराउथे तर भन्न मात्र सकेको थिएन । जे पर्ला पर्ला भनेर एक दिन त् भनि हाले उनले मलाई सहर्स स्विकार गरिन,उनले पनि मलाइ चाहादी रहेछिन भन्न मात्र नसकेकी त्यस पछि हाम्रो मायामा निखार पन थपियो,कति घुमियो कति मन्दिर चालियो जनम जन्म नछुट्टिने कसम खाइयो | म उनलाई यो सताब्दी त् के सयौ सयौ सताब्दीमा म देखि टाढा नहुने बाचा खाएको थिए,हाम्रो मायालाई देखेर सबैले डाहा गर्दथे कति स्व्च्छ पबित्र थियो हाम्रो माया जिबनको प्रतेक पल पल उनिसंगै बिताउने बाचा गरेको थिय मैले |

समयसंगै पढाइ चलिरहेको थियो BBS 1st बर्स,म एउटा सामान्य परिवारको केटा थिय ममा केहि समस्याका छालहरू तेर्सिन लागे त्यसैले मैले जागिर गर्नु बाध्यता आयो आफ्नो जिबनमा संघर्स गर्नु पर्छ भन्ने ठानेर पार्ट टाइम होटेलमा जागिर गर्न थाले र पढाइलाई पनि निरन्तरता दिदै गए | तर उनलाई मन परेको थिएन आर्थिक हिसाबले उनको परिवार सम्पन्न थियो उनीमा कुनै कमि थिएन । म सम्झाउथे जिबनमा संघर्स गर्दै जीवनका पाटाहरु अगाडी बढाउनु पर्छ भनेर , केहि समय चलि रह्यो पढाइ,जागिर,उनीसंगको सम्बन्ध समधुर हुदै गयो | BBS 1st 2nd सकियो 3rd चलिरहेको थियो बिडम्बना भनौया जागिरले प्रयार्त नभएर आफ्नो देस छोडेर जानु पर्ने स्थिति सिर्जना भयो । हुनत् कसले चाहान्छ र आफ्नो सम्पूर्ण इस्ट मित्र,आमा बाबा,नातेदार,गाउ ठाऊ,आफुलाई भन्दा धेरै मायागर्ने मायालुलाइ चटक्क छाडेर पराइको भूमिमा जानु कस्को मनले सहर्स लिन्छ होला र? म उनलाई सम्झाए मेरो सम्झाइलाइ उल्टै उनले बिदेस जानु पर्दैन स्वदेसमै मिलेर केहि गरौला सुख-दुख बाडेर खानु पर्छ भनेर धेरै आग्रह गरिन तर उनको त्यो आग्रह मेरो लागि निराधार रही आयो ।मेरो लागि सम्भब पनि थिएन एक दिन अचानक एकाएक उनीसंग एक पल्ट नभेटी चटक्क माया मारेझै गरेर हिड्नु पर्यो | त्यस बेला मलाइ ठुलो गल्ति गरेर हिडे जस्तो अनुभूत भयो एक पल्ट पनि नभेटी टाडा हुदा कति पिडा भएको होला उनलाई तर मलाई पनि नभएको कहाँ होर जे भएनी सहनु पर्दो रहेछ | मनमा पिडा लुकाएर धेरै दिन बसे,उनको यादमा कति रोए कति आसु झारे सम्झना योग्य छैन !

समय बित्दै गयो आएको केहि दिन पछि फोन गरेर सम्पर्क गर्न खोजे तर सम्भब भएन उनको नम्बर स्विच अफ स्विच अफ सधै । घरमा फोन गरेर सम्पर्क गर्न खोजे घरमा नभएको कुरा उनको ममीले सुनाउनुभो अब फोन नगर्नु भन्दै फोन कट,धेरै दुख्यो मन एकान्तमा बसेर रुन्थे सम्झन्थे बिस्तारै एकोहोर हुदै गयो मन । म सोचेको पनि थिएन यसरि तोडिन्छ भनेर हाम्रो नाता हामीले खाएका कसम एकाएक निराधार,औचित्यहिन हुन पुग्य | मलाइ लागेको थियो केहि पैसा कमाएर उनीसंगै सफल जिबन जिउला भनेर तर मेरा यी सब भावाना,सपना सबै चकनाचुर भैदिए बेसाहारा भएर बाचेको छु,मुटुको प्रतेक कुनामा ज्वाला मुखिका सिल्का सल्काई सल्काई धेरै समय बित्यो  | ४/५ महिना भो मैले थाहा पाएको उनले गाउकै स्कुलमा पढ़ाउदी रहेछिन फेरी सम्पर्क गर्न खोजे भएन सोचे उनि म संगबाट टाडा हुन खोजेकी होलिन भनेर यदि त्यस्तो नभएको भए जसरि पनि हाम्रो सम्पर्क हुने थियो सिम कार्ड बदल्नु किन पर्यो? त्यहि सम्पर्क हुन्छ भनेर होला? सोचेको देखेको सबै कहाँ पाउन सकिदो रहेछर जिबनमा । तर मैले एउटा असल साथि गुमाएको थिए सायद उनीजस्तो यो जिबनमा पाउदैन होला जे जस्तो भएनी तिमि खुसि सुखी रहनु सधै मेरो आखामा आसु झरे पनि तिम्रो आखामा एक थोपा आसु नझरोस तिम्रो सुन्दर जिबनमा फुलै फुलको सुगन्धले स्पर्छ गरिरहोस यो जिबनमा तिम्रो हुन नसके पनि अर्को जिबनमा असल साथि बनेर आउने छु !!!


          नोट : काल्पनिक लेख हो कसैको जिबनसंग मेल खान गए संयोग मान्दिनु होला, तुर्टी आकार,इकार नमिलेको हुनसक्छ सुधारी पढी दिनु बिनम्र आग्रह गर्दछु !! नमिलेको कुरामा यहाहरुको सुझाबको आसा राख्दछु !!!

No comments:

Post a Comment