Monday, June 2, 2014

" फुटबलको कुम्ब मेला विश्वकप फुटबल 2014 "



हरेक खेलमा हार जित अबस्य हुन्छ , खेल जित्ने लक्ष्यका साथ् सबै देसका खेलाडी मैदानमा उत्रेका हुन्छन जित्ने अपेक्ष्याका साथ आफ्नो कुसल खेल सबैले पस्किन्छन तर त्यसको असली हाबिदार एउटा मात्र देस हुन्छ सबै हैन। 


सन्दर्भ बिश्व कप फुटबल २०१४ को हो,लगभग नजिक आउदैछ फुटबल खेलको महा कुम्ब मेला | चार वर्ष पछि आउने कुम्ब मेलाको सबैतिर चहलपहल सुरु भै सकेकोछ यो मेला फुटबलको देस भनेर चिनिने ब्राजिलले आयोजना गर्दैछ |


आफुलाई मन पर्ने खेलाडी र देसको समर्थन जनाउदै विभिन्न अडकल बाजी अहिले देखिनै सामाजिक संजाल फेसबुक,टुइटरमा सुरु भैसक्यो ,सबैका प्रोफाइल रंगीचंगी बनाउदै आफ्नो पक्ष्यको जिताउ समर्थन दिने काम हामि माझ सुरु भएको छ | तर सामाजिक संजालमा यसरि समर्थन जनाउदै साथि बिचमै मनमुटाब, मित्रताको नातालाई भुलेर एक किसिमको तरंग मच्चिने बिकृति हामि माझ देखिनु यो भने एकदम गलत कुरा हो |


जुन सुकै देसले जिते पनि हामीमा केहि त्यस्तो सकारात्मक नकारात्मक प्रभाब पर्दैन मात्र आत्मा सन्तुस्टी होला आफ्नो समर्थन गरेको देसले जित्दा | सहभागी जुन सुकै देसले जितोस ब्राजिल,स्पेन,अर्जेन्टिना,पोर्चुगल,जापान.कोरिया,इरान,जर्मन,फ्रान्स,घाना,अल्जेरिया,रसिया,इटली अरु अरु जसले जितोस |



सामाजिक संजालमा नमीठा सब्द मार्फत बिपक्ष्य देसको साथीहरुलाई प्रहार गर्न छोड्नु पर्छ हामीले | मलाइ बिस्वाश छ कसैलाई असर पर्ने खालका टिका टिपणी कसैले गर्नु हुने छैन सौहार्द्यपूर्ण आफ्नो मन परेको देसलाई समर्थनमा गर्नु हुनेछ | 


राजनीतिमा जस्तो गुट उप गुट भएर हामि नेपालीले आफ्नो इज्जतलाइ बगाउनु हुदैन भन्ने मेरो बिचार हो | सफा मन सफा दिल भएका हामि एक आपसमा हातेमालो गर्दै अगाडी बढ्नुको बिकल्प छैन | देसको राजनीतिले खुसि हराएर वाक्क पिकक भएका हामि नेपालि खेल जगतले केहि खुसीका त्यान्द्रा दिदा सबैले मिलेर समर्थन जनाउनु पर्छ | भोलिको दिनमा नेपालले पनि सहभागिता जनाउन सकोस नेपाल र हामि सबैको सिर उचो राख्न सकोस भन्ने कामना गर्नु पर्दछ | 


अन्त्यमा सामाजिक संजालमा बिपक्ष्यको बिरोध जनाउदै असभ्य,अरुलाई असर पर्ने खालका कमेन्ट,टिका टिपर्णी नगरौ | यो देसलाई समर्थन गरेन भनेर साथीलाई  unfollow गर्ने जस्ता निच ब्याबहार बन्द गरौ | नेपालले पनि बिश्व कप फुटबलमा सहभागिता जनाओस सबैले एकै स्वरमा नेपाल नेपाल भन्न पाइयोस यहि कामना मेरो | जय नेपाल | जय फुटबल | 



नोट : म ब्राजिलको समर्थक हु |

 




No comments:

Post a Comment