Sunday, April 19, 2015

"टुइटरमा मौलाएको माया "


टुंग टुंग म्यासेज 
हेर्छु ! 
तिम्रो काम सकिएन अझै,कति बेस्त तिमि, 
मेरो एकोहोरो पन अनि वरिपरिको सुन्यातालाई छिचोल्दै सब्द मार्फत कसैको आगमन भयो |

मैले छैन एक्कै छिनमा सकिन्छ,तिमि के गर्दै? जवाफ फर्काए !

हाम्रो लागि कहिल्यै समय निक्लिदैन कति स्वार्थि तिमि है? भखर घर आइ पुगे !

कडा !

त्यसो हैन काम पनि गर्ने पर्यो माया त मनमा सधै बसेकै छ ! तिमि भने खै ... !

रिसाएकै सैलिमा तिमि भने के ? तुरुन्त जवाफ

मैले आफ्ना चुहिएका सब्दलाइ टालटुल गर्न खोजे,तिमि भने काम सकेर घर आइ पुग्यौ !

झुट्टे कुरा बनाउन खुब आउछ है !

म पनि के कम तिम्लाई भन्दा थोरै खितखितखित ....

ऊ पनि हासी ....
पुरा दिन टाइमलाइनमा खोजे देखिन तिमिलाइ,दिउसो काममा बेस्त हुन्छौ होला भनेर म्यासेज नगरेकी तर सधै उस्तै तिमि !

फुर्सद नभएर बिहान देखि आउँन नपाएको ! कामको चाप अहिले अलि बढी नै छ त्यसैले
तिमि आज कति राम्री देखिएकी अप्सरा नै आकाश देखि धर्तिमा खस्या रहेछ भान भएको मलाइ !

ऊ मख्ख पर्दै ....

कसरि थाहा भयो म राम्री देखिएकी छु भन्ने !

तिम्रो फोटो जसले १६७ फेव र ५६ RT पाएका थिए ! सहरका गल्लि गल्लिमा टोक्ने बौलाह कुकुर धेरै छन् होस् गर है लाग्ला रेबिज !

हाहाहा : मिठो हासो

बौलाह कुकुर मध्य एउटाले टोकेर पुरा घाइते बनायो निको हुनै सकेन पल पल सम्झनाको राग बनेर माया वाला तडपाइको पीडाले मुटुमा चस्स चस्स घोची बस्छ !
अहो !

बेलैमा उपचार गर है पछी गाह्रो होला ....

निको पार्ने मान्छे कुरेर बसेकी छु जिन्दगीको अन्तिम पल सम्म उसैलाई पर्खी बस्ने अठोट छ !

सब्द माथि सब्द

तिमि लाइ कुरा गरेर कसले जित्न सक्छ म हल्का कुरा मोडन चाहादै थिए ! आज तिमि एउटा फोटो मात्र टुइट पुरा मेन्सिदै बसेको है :

जागर छैन टुइट फुर्दै फुर्दैन दिन भरको थकान हल्का मुड फ्रेश गर्या !

एक्कै छिनमा फोन गर्नु मैले मुड फ्रेश गर्दिन्छु !

बोल्ने उसको उस्सुक्ता धेरै रहेछ तुरुन्त हुन्छ आयो

हुनत हरेक दिन टुइट खोज्दै RT गर्नु प्रोफाइल चहार्नु संगै DM देखि फोन,भाइबर सम्म पुगेकै थियौ ! DM,फोन बाटै हाम्रा आन्तरिक सबै कुरा एक आपसमा सेयर भएका थिए ! बोलि,सब्द मार्फत हाम्रो समधुर सम्बन्धको पक्कि घर खडा भएको पनि महिनौ भै सकेको रहेछ ! हरेक दिन DM मा घन्टौ कुरा गर्दै बस्ने,फोनमा मिठा चुम्म्बनका आधिहरु सृजना गर्ने हाम्रो दैनिकी जस्तै भएको थियो ! हो साचो प्रेममा मान्छे पागल हुन्छन भन्थे यथार्थमा हामि पागल नै भएका थियौ !

फोनमा टिरिंग टिरिंग घन्टी बज्छ

मैले हेल्लो

हेल्लो के गर्दै डियर
मिठो स्वरमा ..

तिमीलाई सम्झिदै बस्या उनलाई आफूप्रति अझ झूकाउ गराउने प्रयास गर्छु 

उनि मख्ख पर्दै ओहह,हाउ स्विट लब यु

म पनि के कम लब यु टु

साच्ची माया त गर्छौ नि?

सालिन भाषामा उनको प्रश्न, कुनै संका नगर , मुटुको टुक्रा तिमि
जारि रहन्छ..
स्विट किस,मिस यु,लब यु सबै सकिन्छ, एक घण्टा सम्मको मिठो सम्बाद पछी फोन काटिन्छ
यसरि नै हाम्रो केहि दिन बित्छ DM मा कुरा अनि फोन बार्ता चलेकैछ ! नेटले मान्छेलाई कहा देखि कहा पुर्याइदियो प्रत्यक्ष नभेटे पनि हाम्रो सामिप्यताको दुरी नजिक ल्याइदिने नेटवोर्कलाइ धन्यबाद दिनै पर्छ !
चली रहेछ दिनहरु...............
सधै फोन,म्यासेजमा कति बोल्नु भेट्ने कुरा भयो, पहिले भेट्ने चाहाना उनैले राखेकी हुन् त्यसो त मलाइ पनि भेट्ने चाहाना लागेकै थियो ! सबै कुरा मिल्यो भेट्ने निश्चित भयो !
दुइ दिन पछी !
बिहानै देखि भेट्न जाने भन्दै सिंगारपटार मै बेस्त हुन्छु ! जुन फोटोमा लगाएको टि-सर्ट उनलाई मन परेको थियो त्यहि अनि सकिनै लागेको स्प्रे लाइ ओल्टाई पल्टाई लगाएर हुन् सकेको जति राम्रो हुन् खोजे ! भनेकै ठाउमा पुग्छु !
त्यहि क्याफे जहा मैले सधै बसेर DM मा उनीसंग मिठा गफ गरेको हुन्थे केहि छिनको प्रतिक्षा पछी उनको आगमन भयो ! टेबल नम्बर सबै बताएको हुनाले सिधै म संग आएको कुरा सुनाइन ! फोटोमा देखेको भन्दा खासै केहि भिन्नता पाएँन रुपको तारिफ के गर्नु सब्द थिएनन ! हल्का कपाल छोडेकी,रातो कुर्ता,चाहिय जति मेकअप,मुहारमा मिठो मुस्कान अहो कति सुन्दर बस्नै भन्न बिर्सेर मन मनै हराएछु !

हेल्लो कता हराको बस पनि नभन्ने

म सरि बसन प्लिज

के खाने तिमि

केहि पर्दैन भखर खाएर आएको

मलाइ खुलाउनु पर्छ भनेर तिमि फुल भएर आएको हाहाहाहा:
हहहहहाहा...

कफी खाउँन ल
हुन्छ

कफी संगै मिठा गफ
हाहाहाहा
हाहाहाहाहा
हामीलाई बोल्न,गफ गर्न कुनै अप्ठ्यारो लागेको थिएँन किनकि DM,फोनमा हामि यत्ति नजिक भएका थियौ ! कफीको चुस्की अनि मिठा गफ समयको आफ्नै रफ्तार घन्टौ बिते गफ सकिएनन ! छुट्टिने समय आयो संगै बस्ने धेरै कुरा गर्ने चाहाना थियो समयको पारबंदी रोक्न नसकिने आफ्नो घर लाग्नै पर्यो फेरी भेट्ने बाचा गर्दै मायाको कसिलो डोरीलाई कस्दै लैजाने संकल्प साथ् त्यो दिन घर लाग्यौ ! 

नोट : सबै काल्पनिक छ 
           सब्दमा धेरै कमजोरी छन् सुधार्ने मौका दिदै सुझाबको अपेक्षा राख्दछु !

भाग 2 - छिट्टै आउदैछ ..............