Wednesday, February 11, 2015

"क्रिकेटको महाकुम्भ मेला विश्वकप किर्केट 2015 "


खेलमा आफ्नो दमदार उपस्थिति जनाउदै खेल जित्नैको लागि खेल मैदानमा खेलाडी उत्रेका हुन्छन  ! सबै जित्ने आशामा भए पनि त्यसको असली हकदार एउटा मात्र देश हुनेछ ! सन्दर्भ बिश्वकप किर्केट २०१५ को हो ! दुइ दिन पछी किर्केटको महाकुम्भ मेला अस्ट्रेलिया र न्युजिल्याण्डमा सुरु हुदैछ ! किर्केटको ठुलो मेला भनेर चिनिने बिश्वकप किर्केट मेला संसार भर चहलपहल सुरु भएको छ !




             चार चार बर्समा हुने बिश्वकप किर्केटको मेलामा चहलपहल हुनु स्वाभाविकै हो ! चारै तिरको चर्चासंगै सामाजिक संजालमा हुने चर्चाले धेरै साथीमा आपसी सम्बन्धमा समेत तुसारापात आउने काम गरेको कुरा देख्दै आएका छौ ! हरेकले आफ्नो मन पर्ने देशलाइ समर्थन गर्नु राम्रै हो तर समब्धमै गिरावट आउने ब्यबहार गर्नु जोगी बनेर मन्दिर धाउनु जस्तो लाग्छ ! बिभिन्न अड्कल बाजिका साथ् सबैले आफ्नो समर्थन जनाउदै  सामाजिक संजालमा प्रोफाइल रंगीचंगी बनाउदै रंगाएका छन् ! सामाजिक संजालमा यसरि समर्थन जनाउदै साथि बिचमै मनमुटाब, मित्रताको नातालाई भुलेर एक किसिमको तरंग मच्चिने बिकृति हामि माझ देखिनु यो भने एकदम गलत कुरा हो ! 



जुन सुकै देशले जितोस इन्डिया,अस्ट्रेलिया,पाकिस्तान,श्रीलंका,बंगलादेश,दुबई,अफगानिस्तान,जिम्बाबे जसले जितेनी हामीमा सकारात्मक,नकारात्मक प्रभाब पार्ने छैन ! पार्ने त समर्थन गरेको देशले जित्दा आत्मा संतुस्टि मात्र हो ! संजालमा नराम्रा सब्द मार्फत कसैलाई प्रहार नगरौ सबैलाई सम्मान गर्न सिक्नु पर्छ र सिकौ ! तपाइँले जित्नु भयो मैले हारे,उसले हार्यो,अर्कोले जित्यो भन्नु भन्दा जुन दिन नेपालले सहभागिता जनाउने छ त्यहि दिन हामि सबै मिलेर नेपाल नेपाल भनौला जित्दा संगै जितौला हार्दा संगै हारौला एकै स्वरले नेपाल भन्दै गर्बले छाती फुलाउला सगरमाथ जस्तै सिर उचो बनाउला देशलाइ रंगाउला उस्सब नै मनाउला ! 


अन्त्यमा आफ्नो मन पर्ने देशलाइ समर्थन जनाउ कसैलाई तुच्छ सब्दले घटिया ब्यबहार नगरौ ! जसले हारे नि हाम्रो सम्बन्ध नाताले कहिलयै नहारोस अझै गाढा बन्दै जाओस ! बिश्वकप महामेलामा भरपूर्ण मनोरन्जन लियौ ! सफलता साथ् सम्पन्न होस् किर्केटको कुम्भ मेला सुभकामना जय किर्केट ! 
"जय बिश्वकप किर्केट 2015"








टुइटेका सब्द :

कुमारजी :

सपोर्ट गरेको टिमको खुलेर समर्थन गरौ अरु टिमको आलोचना तथा गालि नगरौ सबै मिलेर विश्वकपको भरपुर आनन्द लिउ राम्रो टिमले कप जितोस सुभकामना !!


!! रमाइलोको लागि मात्र !!




   " बिश्वकप किर्केट 2015 "
                









       


               

No comments:

Post a Comment