Saturday, October 18, 2014

!! अशिक्षित समाज !!

धेरै समय पछि गाउ गएको थिए सारा गाउ घुम्ने सबैसंग बोल्दै हाइ हेल्लो गर्ने मेरो सोच थियो | एकाबिहानै म घर बाट निस्के घुम्दै थिए पानि भर्ने धारा आयो जहा गाउका धेरै महिला त्यहा बाट पानि भरेर लैजान्छन | त्यहा महिलाले पानि भर्ने लैजाने आपसमा भलाकुसारी गर्ने उनीहरुको चौतारिनै थियो | यो त् मैले सानो देखिने देख्दै आएको थिए,त्यो दिन पनि तिन चार जना महिला भएर कुरा गर्दै थिए | पल्ला घरे कान्छीले फेरी छोरी पाइछे कस्ती आइमाई होलि चार चार छोरी पाउदा एउटा छोरा पाउन नसक्ने अब त्यो कान्छाले अर्को बिहे गर्छ एउटा छोरा पाउन नसक्नेलाई के कुरेर बसोस त | टक्क मेरा खुट्टा अडिए अगाडी बढन मानेनन् ,एक्कासि दिमागमा तुफ़ान आइदियो | अहो अझै पनि गाउमा यस्तो कुराको बिस्वाश देस समाज गाउ परिबर्तन भएको छ भन्छन तर हाम्रो चेतना,बिबेक कहिल्यै परिबर्तन भएको रहेनछ सोचे | अझै पनि धेरै परिबर्तन हुन बाकि रहेछ गाउ समाजमा,सुनेको थिए अहिले त् गाउनमा जन चेतना,सामाजिक सिप जस्ता बिषयमा राम्रो पहुच पुगेछ भनेर तर सबै बकवास रहेछ |

उनीहरुको कुरा सुनेर म त्यहि सुत्केरी भएको कान्छी आन्टीको घरमा जाने सोचेर त्यतै लागे | घरमा हजुर आमा हुनुदो रहेछ ढोगे,एकछिन कुरा भयो अनि आन्टीको बारे सोधे | सोधेको के थिए आमाको मुख नै बिग्रो हल्का ठुलो स्वरमा भित्र हुनु हुन्छ जा गएर बस्दै गर म पर गएर आउछु भन्दै हजुर आमा लाग्नु भयो | भित्र छिरे सानो नानीले आची गरेको रहेछन सफा गर्दिदैन हुनुदो रहेछ मैले ढोगे |
आन्टी-आसिर्बाद बाबु कहिले आयौ
म-भयो पाच दिन
कति दिन बस्छौ बाबु,तिहार सम्म बस्छु होला | अङ्कल खै त् ? खै घास काट्न जानु भाछ होला अघि सम्म यहि कराउदै हुनु हुन्थो | किन कराउनु झगडा भाकी कसो हैन हेर्न बाबु छोरी जन्मी भनेर रात दिन कहल छ घरमा | छोरी जन्मी त हजुरसंग किन झगडा कस्तो नबुझेको अङ्कलले आफ्नै गल्तीले जन्मेको हो भन्ने कुरा | खै बाबु उति बेला चेक गराउ भन्दा मानेनन् अहिले छोरी छोरी भयो एउटा छोरा जन्माउन सकिनस भन्दै आमा छोरा मै माथि कराउनु हुन्छ |  हेर्न बाबु मेरो के दोस नमैले देख्नु छोरा छ कि छोरी भनेर | चेतनाको कमि हो आन्टी हजुरको दोस हैन हाम्रो समाजको हो जसले केहि बुझेको छैन | छोरा छोरी सबै बराबर हुन् भेदभाब गर्नु हुदैन | अहिलेको समयमा छोराले भन्दा छोरीले आफ्नो आमा बाबालाई हेर्छन छोरा ठुलो भयो एकतिर लाग्छ तर छोरीले आफ्नो जिम्बेबारी कहिल्यै भुल्दैन | हजुरले आफुलाई खिन्नता,दुखि बनाउनु भएन | सन्तान सबै बराबर  बुझ्नु पर्यो अंकलले |

आन्टीसंगको कुराले अझ मेरो मनमा अनेक प्रश्न खडा भए | छोरी जन्माउनु महिलाको दोस देख्ने नबुझ्ने समाज | छोरानै चाहिने किन?नसुध्रेको अशिक्षित समाजमा कहिले सम्म महिलाले दुख भेदभाब सहनु यावत | सानोमा मलाइ पनि थाहा थिएन छोरा जन्माउनु छोरी जन्माउनु पुरुसकै हात हुन्छ भनेर | जब स्कुल पढदा जनसंख्या पढाउने पदम सरले भनेको आजसम्म भुलेको छैन | छोरा छोरी जे जन्माउ पुरुसकै हातमा हुन्छ पुरुस संग XY र महिला संग XX मात्र हुन्छ | पुरुसले X दिन्छ XX भएर छोरी र Y  दिन्छ YX भएर छोरा हुन्छ भन्ने कुरा |

छोरा जन्मेर भोज भतेर गर्ने हाम्रो त्यहि शिक्षित समाज छ जो छोरी जन्मेकोका एउटा दियो सम्म जलाउदैन अनि त्यहि समाजका ठुला भनाउदाले बाहिर छोरा छोरि बराबर भन्दै नारा र भासर्ण दिन्छन | छोरी जन्मे सत्रुनै ठान्ने हाम्रो अशिक्षित,रुढीबादीले ग्रस्त समाजमा चेतना जाग्नु आबस्यक छ | छोरा छोरी बराबर कुनै भेदभाब राख्नु हुदैन शिक्ष! दिक्षिमा समानता लिनु पर्छ छोरालाई बोडिंगमा छोरीलाई भने सरकारी स्कुलमा भर्ना गर्ने घरको काममा लाद्ने पढ्न समय नदिने जस्ता कुरामा परिबर्तन हुन् जरुरि छ | हरेक आमाको लागि चाहे छोरा होस् या छोरी सबै समान लाग्छ उति नै माया ममता जाग्छ |



नोट : बिषय प्रसंग गाउमा देखेको कुरा र हाम्रो अन्धो समाजको पट्टि खोल्ने एकल प्रयास मात्र हो | त्रुटी हुन् सक्छ सुधारी पढ्न र सुझाबको आसा राख्दछु |







No comments:

Post a Comment