Saturday, October 18, 2014

!! अशिक्षित समाज !!

धेरै समय पछि गाउ गएको थिए सारा गाउ घुम्ने सबैसंग बोल्दै हाइ हेल्लो गर्ने मेरो सोच थियो | एकाबिहानै म घर बाट निस्के घुम्दै थिए पानि भर्ने धारा आयो जहा गाउका धेरै महिला त्यहा बाट पानि भरेर लैजान्छन | त्यहा महिलाले पानि भर्ने लैजाने आपसमा भलाकुसारी गर्ने उनीहरुको चौतारिनै थियो | यो त् मैले सानो देखिने देख्दै आएको थिए,त्यो दिन पनि तिन चार जना महिला भएर कुरा गर्दै थिए | पल्ला घरे कान्छीले फेरी छोरी पाइछे कस्ती आइमाई होलि चार चार छोरी पाउदा एउटा छोरा पाउन नसक्ने अब त्यो कान्छाले अर्को बिहे गर्छ एउटा छोरा पाउन नसक्नेलाई के कुरेर बसोस त | टक्क मेरा खुट्टा अडिए अगाडी बढन मानेनन् ,एक्कासि दिमागमा तुफ़ान आइदियो | अहो अझै पनि गाउमा यस्तो कुराको बिस्वाश देस समाज गाउ परिबर्तन भएको छ भन्छन तर हाम्रो चेतना,बिबेक कहिल्यै परिबर्तन भएको रहेनछ सोचे | अझै पनि धेरै परिबर्तन हुन बाकि रहेछ गाउ समाजमा,सुनेको थिए अहिले त् गाउनमा जन चेतना,सामाजिक सिप जस्ता बिषयमा राम्रो पहुच पुगेछ भनेर तर सबै बकवास रहेछ |

उनीहरुको कुरा सुनेर म त्यहि सुत्केरी भएको कान्छी आन्टीको घरमा जाने सोचेर त्यतै लागे | घरमा हजुर आमा हुनुदो रहेछ ढोगे,एकछिन कुरा भयो अनि आन्टीको बारे सोधे | सोधेको के थिए आमाको मुख नै बिग्रो हल्का ठुलो स्वरमा भित्र हुनु हुन्छ जा गएर बस्दै गर म पर गएर आउछु भन्दै हजुर आमा लाग्नु भयो | भित्र छिरे सानो नानीले आची गरेको रहेछन सफा गर्दिदैन हुनुदो रहेछ मैले ढोगे |
आन्टी-आसिर्बाद बाबु कहिले आयौ
म-भयो पाच दिन
कति दिन बस्छौ बाबु,तिहार सम्म बस्छु होला | अङ्कल खै त् ? खै घास काट्न जानु भाछ होला अघि सम्म यहि कराउदै हुनु हुन्थो | किन कराउनु झगडा भाकी कसो हैन हेर्न बाबु छोरी जन्मी भनेर रात दिन कहल छ घरमा | छोरी जन्मी त हजुरसंग किन झगडा कस्तो नबुझेको अङ्कलले आफ्नै गल्तीले जन्मेको हो भन्ने कुरा | खै बाबु उति बेला चेक गराउ भन्दा मानेनन् अहिले छोरी छोरी भयो एउटा छोरा जन्माउन सकिनस भन्दै आमा छोरा मै माथि कराउनु हुन्छ |  हेर्न बाबु मेरो के दोस नमैले देख्नु छोरा छ कि छोरी भनेर | चेतनाको कमि हो आन्टी हजुरको दोस हैन हाम्रो समाजको हो जसले केहि बुझेको छैन | छोरा छोरी सबै बराबर हुन् भेदभाब गर्नु हुदैन | अहिलेको समयमा छोराले भन्दा छोरीले आफ्नो आमा बाबालाई हेर्छन छोरा ठुलो भयो एकतिर लाग्छ तर छोरीले आफ्नो जिम्बेबारी कहिल्यै भुल्दैन | हजुरले आफुलाई खिन्नता,दुखि बनाउनु भएन | सन्तान सबै बराबर  बुझ्नु पर्यो अंकलले |

आन्टीसंगको कुराले अझ मेरो मनमा अनेक प्रश्न खडा भए | छोरी जन्माउनु महिलाको दोस देख्ने नबुझ्ने समाज | छोरानै चाहिने किन?नसुध्रेको अशिक्षित समाजमा कहिले सम्म महिलाले दुख भेदभाब सहनु यावत | सानोमा मलाइ पनि थाहा थिएन छोरा जन्माउनु छोरी जन्माउनु पुरुसकै हात हुन्छ भनेर | जब स्कुल पढदा जनसंख्या पढाउने पदम सरले भनेको आजसम्म भुलेको छैन | छोरा छोरी जे जन्माउ पुरुसकै हातमा हुन्छ पुरुस संग XY र महिला संग XX मात्र हुन्छ | पुरुसले X दिन्छ XX भएर छोरी र Y  दिन्छ YX भएर छोरा हुन्छ भन्ने कुरा |

छोरा जन्मेर भोज भतेर गर्ने हाम्रो त्यहि शिक्षित समाज छ जो छोरी जन्मेकोका एउटा दियो सम्म जलाउदैन अनि त्यहि समाजका ठुला भनाउदाले बाहिर छोरा छोरि बराबर भन्दै नारा र भासर्ण दिन्छन | छोरी जन्मे सत्रुनै ठान्ने हाम्रो अशिक्षित,रुढीबादीले ग्रस्त समाजमा चेतना जाग्नु आबस्यक छ | छोरा छोरी बराबर कुनै भेदभाब राख्नु हुदैन शिक्ष! दिक्षिमा समानता लिनु पर्छ छोरालाई बोडिंगमा छोरीलाई भने सरकारी स्कुलमा भर्ना गर्ने घरको काममा लाद्ने पढ्न समय नदिने जस्ता कुरामा परिबर्तन हुन् जरुरि छ | हरेक आमाको लागि चाहे छोरा होस् या छोरी सबै समान लाग्छ उति नै माया ममता जाग्छ |



नोट : बिषय प्रसंग गाउमा देखेको कुरा र हाम्रो अन्धो समाजको पट्टि खोल्ने एकल प्रयास मात्र हो | त्रुटी हुन् सक्छ सुधारी पढ्न र सुझाबको आसा राख्दछु |







Sunday, October 12, 2014

!! घरबेटीको हुकुमी !!

  भखर कलेज बाट आएको भोकले पेटका आन्द्रा जोड तोडका साथ् हडतालमा उत्रेका थिए असिम पसिम कपडा खोलेर खान बनाउन लागे पतिलामा चामल बसाले अनि घरबाट ममीले पठाई दिनु भाको सिन्की थियो त्यहि पकाउने सोचे कसरि हुन्छ चाडो पकाएर खानु थियो | आफ्नै तालमा खाना बनाउदै थिए घरबेटी आमा आउनु भो धेरै दिन देखि कोठा छोडन भन्दै किच किच थियो घरबेटीको बोलिनै सुन्ने मन थिएन सहरका गल्लीमा कोठा सर्दा कम्ता सास्ती बेहोर्नु पर्छ हरेक पल्ट कोठाको सजावट नया मान्छेसंग घुलमिल संगै बस्न्नु पर्ने घाह्रो तर बाध्यताले सबै सामान्य लिनु पर्ने !

घरबेटी:भाइ कोठा पायौ त?

म: नाइँ.. ...

घरबेटी : छिटो खोज कोठा मलाइ यो हप्ता भित्र खालि चाहियो

म: आज र भोलि सनिबार दिन भर लगाएर खोज्छु

बटारिएका आन्द्रा एका एक सान्त बसे दिमागमा कुरा खेल्न थाले सोचे कोठा भाडा गरेर बस्नु नै दुर्भाग्य हाम्रो | पाक्यो खाना खाए जुठा भाडा त्यतिकै राखेर जिन्स पाइन्ट र कालो टि-सर्ट लगाएर हिडे चाहार्य कति घर दिन भर घुमे कतै पाएन साझा पख लखतरान भएर फर्किए त्यहि कोठामा थाकेको मन दिमाग सरिर केहि बनाउने जागर चलेन त्यतिकै सुते !

बिहान जाग्दा सात बजेछ फ्रेश भएर आफ्नै बेडमा बसेर मन गन्थन गर्दै थिए सोचे एक पटक साथीलाई लगेर जान्छु कोठा खोज्न अनि कल घन्टी घुमाए साथीले सहमति जनायो संगै जाने भयौ | केटा मान्छेलाई जो कोइले कोठा दिननै नमान्ने,घरबेटि हरुले सोच्दाहुन कि आफ्नै छोरी श्रीमती भगाएर लगिदिन्छन भनेर | घुम्दा घुम्दा एउटा कोठा पाए उपल्लो तला सानो कोप्चिएको भाडा सोधेको दुइ हजार पानि,बिजुली,सबै छुट्टै तिर्नु पर्ने महिना बित्योकी भाडा दिनु पर्ने सुनायो घरबेटीले जब आफुलाई आबस्यकता भएसी जस्तो भएनी राम्रो लाग्ने,हुन्छ भने र साथीसंग सल्लाह गरेर आझै सर्ने निधो गरे |

म बिद्यार्थी कतिनै हुन्छ मेरो सामान दुइटा रिक्सा बोलाएर साथीले मैले लादेउ रिक्सामा ,घरबेटी लाइ बोलाएर हिसाब पुरा बुझाई ल घरबेटी आमा बस्नु होला भन्दै लागे

घरबेटी:भाइ तिमीलाई यसरि सर्न भन्ने मन थिएन बाध्य भएर,समयमै कोठा छोड्यौ मलाइ नराम्रो नसोच्नु

म:किन सोच्नु आमा तपाइको घर राख्न मन लागे राख्नु नलागे जा भने भैगो

भन्दै म रिक्सामा चढेर लागे !


नोट: सब्द भाब सबै अपुरा लेख्ने प्रयास मात्र !






Saturday, October 11, 2014

!! टुटेका सपना !! !! भत्किएको जिन्दगि !!

लैनो भैसी बेचेर MRP पासपोर्ट बनायो छोराले केहि गर्छु भन्दै,आमा बाबाको दुख देख्न नसकेर साहुसंग ऋर्ण खोजि अरब छिर्यो छोरा केहि कमाउला साहुको ऋर्ण तिरौला आमा बाबालाइ सुख दिउला,चुहेको खरको छानोलाइ जस्ता पाता लगाउला,श्रीमतीलाई गलामा केहि झुन्ड़ाई दिउला,छोरा छोरीलाई राम्रो स्कुलमा भर्ना गरौला सोचेको थियो ! असंख्या सपना बोकेर सपनाको सहरमा छिर्न जति सजिलो थियो सपना साकार बनाउन त्यति गाह्रो हुदो रहेछ भन्ने भान बुझ्दै गयो ! आमाको हातले बनाको ढेडो र बाक्लो भैसीको महिसंगै हिमाल देखि बग्ने मिठो पानि र सितल हावाको स्पर्शबाट रमाएको केटा यहाको तातो गर्मीमा टिक्न उसलाई गाह्रो हुदै गयो तर पनि आफ्नो दुखलाई सम्झेर काम गर्दै थियो ! एक दिन काम गर्दै गर्दा अचानक उसको जिबनमा ठुलो बज्रपात आइ पुग्यो उ दुर्घटनामा पर्यो अनि बोल्न सकेन आमा दुख्यो भन्न सकेन उसको सरिरबाट असारे झरी जस्तो रगतको भेल बग्यो बस हेर्नेले हेर्यो नसक्नेले आखा छोप्यो बिचरा उ छटपटाउदै जिबन र मिर्तुसंग लडदै रगताम्य भयो ! पुलिस आयो ऐर एम्बुस हेलिकप्टर आयो लग्यो,अचेत अबस्थामा थियो अझै त्यस्तै छ ! घरबाट बुढा बाबा आमाले छोराले कहिले पैसा पठाउछ र साहुको ऋर्ण तिरौला भनि कुरेर बसेका छन् बिचरा छोरा यहा बोल्न,हिड्न नसक्ने भएर अस्पतालको सैयामा आखाबाट हजारौ आसुका भेल बगाउदै दिन काटेको छ ! आफ्ना सपना टुटाएको छ जिबन देखि हार खाएर बुढा बाउ आमाको र आफ्नी जिबन संगिनी छोरा छोरिको मुख हेर्ने इक्षा देखाउदै भगवान संग पार्थना गर्दै दिन रात काट्दैछ !



नोट : सानो कथा,सब्दमा कमजोरी होलान क्षमा चाहान्छु तर यथार्त हैन कसैको जिबनमा मेल खान सक्छ संयोग मात्र मानिदिनु होला,हजुरहरुको सुझाबको आसा राख्दछु !