Sunday, June 8, 2014

बस वाली संगको प्रेम .............

चिसो हावाको स्पर्श,उकाली ओरालीसंगको मित्रता,मम्मिको मिठो न्यानो माया,भाइ बहिनि गाउ समाज,साथी भाईसंगको मिठो सामित्यतामा रमाएको पनि थुप्रै दिन भएछ | अध्ययनको लागि फेरी जानु पर्ने बाटो तताउनु पर्ने दिन आयो | दसैँ तिहारको छुट्टी सकियो,फर्कनु पर्ने हल्का बिरामी थिए मम्मीले जान सक्दैन बसमा गाह्रो हुन्छ गएर एक्लै कसरि ख्याल गर्छ भनेर चिन्ता गर्नुभा थियो तर मलाइ जानु थियो | तिहारको पर्सि सबैसंग बिदा लिएर म घरबात हिडे,त्यतिबेला गाउदेखि सिधै बस नलाग्ने एक घण्टाको पैदल दुरी हिडि सकेसी मात्र बस भेटाउनु पर्ने हाम्रो बाध्यता थियो | त्यो एक घन्टाको दुरी हिडाई पछि असिन पसिन हुदै बस रोक्ने ठाउ सम्म आइ पुगे | त्यहा धेरै मान्छे थिए तम्घास बाट आउने बस कुरी बसेका सबै आफ्नो गन्तव्यमा पुग्नलाई तछाड मछाड गर्दै कोइ हिडेका कोइ बसेका सबैलाई एक नजर लगाउछु आफ्नै धुनमा छन सबै , हल्का थकान जस्तो महसुस भयो नजिकैको प्रतिक्षालयमा गएर बसे | त्यहि प्रतिक्षालयको दाहिने तिर एउटी युवती बसेकी थिन , गएको केहि मिनेट पछि कति बज्यो होला अहिले सम्म बस आएन भन्दै सोधिन सायद उनीसंग घडी नभएर होला सम्झे अनि बिहानको १०:३० बज्यो भनेर उत्तर दिए |

केहि बेरमा बस आयो पुरा भरिएको बाहिर बाट नै देखियो जाने कसरि उफ्फ़ नजाउ जानुछ जाउ यो भिड जसो तसो भित्र छिर्नु पर्छ सोचेर छिरे गाडीको सहाएकले सबै पछाडी जाऊ भन्दै कराउन थाल्यो गाउको बाटो त्यस्तै हो हल्का कस्ट गर्नु पर्छ भन्दै थियो | पछाडी गए त्यहा दुइ जना झर्दा रहेछन मौका मिलाई त्यहि सिटमा बसे आनन्दसंग जान पाइनेभो खुसि लाग्यो मनमनै | संजोकनै मान्नु पर्छ,समय सोध्ने युवती त्यहि आइन बसको सहाएक दाइसंग,मेरै सिटसंगै बस्न भनि जानु भयो |  सबै यात्रु बसि सकेसी ध्यवाह ध्य्वाह गर्दै कालो मुस्लो धुवा त्यहाका मान्छेलाई छोड्दै बस अगाडी बढ्यो | झ्यालबाट त्यो ठाउ अनि मेरो जन्म ठाउलाई नियाले अलिकति याद अनि सम्झना छोडेर हिडे जस्तो लाग्यो जहा मैले बाल्यकाल बिताए,स्कुल त्यहि पढे कति माया लाग्छ आफ्नो जन्म ठाउ,गाउघर हामि जहाँ भए पनि हाम्रो मानसपटलमा याद बनि बस्छ | बस आफ्नै रफतारमा गुडेको थियो यात्रु कोइ निदाउने कोइ गित सुन्नमा मस्त थिए मेरो छेउको युवती अलि छटपटिमा थिइन कहिले एता हेर्ने कहिले उता किन यस्तो छटपटिमा होला म सोध्न सकेन,बुझ्न सकेन | उनको हातमा घडी रहेछ तर म संग समय सोधेकी म अचम्म भए, केहि समय पछि उनैले सोधिन मलाई हजुर कहाँ सम्म जानु हुन्छ? म भैरहवा भने,उनले फेरी तपाइको घर भैरहवा नै हो? मैले हैन अध्ययन गर्छु भने र हाम्रो परिचय हुदै गयो | उनको नाम मिना रहेछ , भैरहवा आफ्नै दाजु भाउजुकोमा जादै रहेछिन सबै कुरा सुनाइन आफ्नो बारे | केटि राम्रै थिन निलो आकाशे रंगको कुर्ता,हल्का कपाल छोडेकी,गोरी,पातली पातली,उसको सरिरले मागे जस्तो पहिरन लगाएकी रहेछिन मनमनै सोचे |


दुइ घन्टाको यात्रा पछि अब खाना खाने ठाउमा गुरु जीले बस रोक्नु भयो सबैलाई खाना खान भन्दै जानु भयो हामि बसबाट ओर्लेर संगै खाना खायौ सबै यात्रुले खाइसकेसि फेरी बसको रफ्तार आफ्नै गतिमा हिड्यो | बसमा उनीसंग मिठा मिठा गफ चलिनै रहे पाच घण्टाको यात्रा पछि बुटवल बस पार्क अगाडी ओर्लियौ हामि  त्यहाबाट भैरहवा को माइक्रोमा संगै चढी लागियो फेरी आफ्नै गन्तव्यमा गफ गर्दै,कति मिठा कुरा गर्दी रहेछिन मीनाले म सोची बसेको थिए, भैरहवा आएको पत्तै भएन | भैरहवाको बुद्ध चोकमा ओर्लियौ हामि,त्यहा उनको दाजु लिन आउनु भएको रहेछ टक्क कार अगाडी म केहि बोल्नै सकेन उनको दाजुको अगाडी | जाने बेला बाइ भन्दै हात हल्लाउदै त्यहा आफ्नो छायालाई छोडी भागिन उनि म आफ्नो कोठा जानु थियो नजिकैको रिक्सालाइ बोलाएर आफ्नो कोठा तिर लागे | त्यस दिन देखि हाम्रो २/३ महिना भेट भएन तर सम्झन्थे मिनालाई ,मेरो पढाइ चलेकै थियो | एक दिन साथीको बर्थ डे पार्टीमा गएको थिय, संजोक पहिले बसमा भेट भएकी मिना उनीपनि त्यहा आएकी रहेछिन | छक्क परे म समयले मान्छेलाइ कसरि तान्छ, घचेडछ,जिन्दगीमा कसैलाई थाहा हुदैन | म आफै बोले उनीसंग मजाले गफ भयो उनैको नातेदार रहेछ जन्मदिन पर्ने साथि सुनाइन | उनले सम्झदै भनिन पहिले भेटमा तिमीसंग समय सोधेको बोल्न मन लागेर हो भन्दै मुसुक्क हासिन | धेरै बेर गफ भयो त्यो दिन उनीसंग, मनमनै सोचे मैले खोजेको मान्छे भेटे जस्तो लाग्यो भनेर | फेरी उनीसंगको भेटले नजिक हुने आसा पलायो | आपसमा फोन नम्बर लियौ हामि बिस्तारै हाम्रो भेट फोन सम्पर्क दिनहु हुन् लाग्यो | जिन्दगीमा कोइ मान्छे एक पटक हेर्दैमा मनमा बास बस्न सफल हुन्छ भने कोइ धेरै पटक हेर्दा पनि मनमा बास बस्न सक्दैन हो त्यस्तै भयो हाम्रो सम्बन्ध | म उनलाई मन पराउथे उनि पनि मलाइ मन पराउदि रहेछिन भन्न मात्र नसकेकी एकदिन SMS बाट मनको कुरा सुनाए तुरुन्त उनले स्वाकार्दै SMS रिप्लाई दिइन खुसिले दङ्ग भए त्यस पछि हाम्रो सम्बन्ध अगाडी बढ्यो , कति गहराइमा पुग्यो पत्तै भएन |

हाम्रो आ-आफ्नै जिन्दगीका बेथा थिए | मेरो पढाइ निरन्तर थियो उनको पनि पढाइ चलेकै थियो, उनि उच्च घर परिवारकी थिइन म भने सामान्य परिवारको | समय बित्दै गएको थियो उनको दाजु भाउजुले हाम्रो सम्बन्धको बारे थाहा पाउनु भएछ , त्यो कुराले हामीमा तनाब सिर्जना गर्यो | मेरो भावाना बुझ्ने उनी थिइन त्यसमा पनि कसैको आखा लागेको संकेत मैले पाए | भेटमा उनले सम्झाउथिन हाम्रो मिलन अबस्य हुन्छ,तिम्रो साथ् छोडदिन भन्दै त्यो कुरा सुनेर म खुसि हुदै अझ बढी माया गर्थे | जिनदगि कस्तो आनौठो रहेछ जता हेर्दा पनि भेटिदैन जिन्दगीका पानाहरु , म मिनालाई मनको गहिराइ बाट मन पराउथे उनले पनि मलाइ त्यो भन्दा धेरै माया गर्थिन निस्वार्थ | केहि दिन पछि मीनाले भेटने कुरा गरिन म हुन्छ भने अर्को दिन सनिबार थियो हामि लुम्बिनी घुम्न गएका थियौ दिन भरि घुमियो साझ आउने बेला उनले पढाइको लागि बिदेस जाने कुरा सुनाइन म छागाबाट खसे जस्तो भए, गाडीको सिटमा छु तर भासिएको जमिन मुनि भए जस्तो लाग्यो , केहि बोल्न सकेन मेरा ओठ सब्द बिहिन भए एकोहोर उनले कुरा सुनाउदै छिन मलाइ पहिले नै दाजुले बिदेस जान कर गर्नु भएको थियो मानेकी थिइन अहिले बढीनै कर गर्नुभो म राजि भए जानको लागि म बिदेस गएपनि हाम्रो माया टुट्ने  छैन पबित्र मायालाई अझ मलजल गरि हुर्काउने छौ भन्दै उनि बोल्दै थिइन |
म केहि बोलेन भैरहवा आइ पुगियो उनलाई कोठा जान्छु भन्दै बाइ भनेर बिदा लिए त्यो दिन |

कोठामा आए बेडमा पल्टी मारे केहि खाने मन छैन प्यास प्यास भएको मनमा केवल मायाको भोक लागेको थियो मलाई त्यो मीनाले मात्र पुरा गर्न सक्थिन | निदाएछु एकै पटक बिहान बिउझिए कलेज जाने मन लागेन कोठामै बसे | मुबाइमा हेर्छु भन्दा SMS आएको रहेछ हेर्छु मीनाको म्यासेजमा ..... म बिहानै काठमान्डु हिडी सके यसरि माया मारेर गयो नसम्झनु,तिमीलाई पल पल सम्झी रहनेछु;जानी बित्तिकै फोन गर्नेछु तिमि पनि माया नमार्नु मेरो,तिमीलाई भेट्न चाडै आउने छु अहिलेलाइ बाइ .... यस्तै थियो SMS मीनाको म केहि रिप्लाई पठाएँन | केहि दिन बित्यो त्यो समय भरि म अलि बद्लिएछु मिना अस्ट्रेलिया पुगेछिंन अनि कलेज भर्नाभै सुरु भएछ तर म संग सम्पर्क भएंन उनको साथिबाट थाहा पाए | आखामा आसु टलपलाउदै याद गर्नु सिवाय केहि थियन हो म त्यहि गर्थे उनलाई सम्झन्थे | बोल्दै नबोली हिडेको त्यो दिन उनीसंगको अन्तिम दिन हुन्छ भन्ने सोचेको पनि थिएन मैले | मिना तिमि जहा भएनी तिम्रो लागि यो मुटु हरेक पल धडकि रहनेछ | तिमि सधै खुसि रहनु तिम्रो भाबि जिबन उज्जल रहोस | तिमि आउने बाटो कुरी बस्नेछु, कहिँ कतै मिना आउछनकि आस गर्दै आजसम्म बाटो हेर्दै बसेकोछु , मेरा यी आखा थाकेका छैनन् मेरो आस जिवितैछ तर मिना आएकी छैनन हो मिना आएकी छैनन |


     नोट : काल्पनिक रचना हो ! लेख्ने प्रयासमा केहि कमि कमजोरी होलान सुधारी पढीदिनु हुन्छ भन्ने आसा राख्दछु !! संगै मेरा कमजोरी औलाउदै सुझाबको अपेछ्या राख्दछु आउने दिनमा सुधार्ने मौका मिलोस मलाई !!धन्यबाद !!!

No comments:

Post a Comment