Friday, May 16, 2014

बिदेस आए...

घरको गुजारा चल्न गाह्रो भएर त बिदेस आए
दुइ छाक खान धौ धौ भएर त् बिदेस आए !

गाऊमा केहि बारी थियो खेत जग्गा थिएन मेरो
खन जोत गर्दा भने जस्तो फलेनर त बिदेस आए !

ठुला बडाले हेला गर्ने त्यहा सधै सानालाई
हेपाइको पर्बृति रोकिएनर त बिदेस आए !

साना,ठुला गरिब,धनि बराबर भन्दै आवाज उठाउदा
गलत पर्बृतिका मान्छेको मन गलेनर त बिदेस आए !

बेरोजगार भए, महंगी त्यस्तै सहरको बसाइ
पैसा बिना जिबन चलेनर त बिदेस आए !