Monday, April 28, 2014

'' पहिलो टुइटर यात्रा ''

म सामाजिक संजालमा रमाउन थालेको धेरैनै भयो | प्राय फेसबुक,मेरो पोस्ट,निम्बुज़मा धेरैनै सहभागिता जनाउथे | आजकाल साथिभाइको गाइ-गुइ र पत्र पत्रिकाको पेजमा देख्नाले पनि मेरो मन त्यता तानिएको हो | हुनत टुइटर एकाउन्ट पहिलेनै खोलेको थिए,अहिले भने हल्का बुझ्दै गएकाले सहभागिता दिनका दिन बढ़ी रहेछ |  तर कोइ नेपालीलाई सुरुमा देखेन आउथे त बिश्वका प्रखायत व्यक्तिका नाम अगाडिनै आएका थिए |

यहा मान्छे आफ्नो असली नामले भन्दा  सबै आफ्नो उपनाम राख्दै देखिदो रहेछ | म पनि के कम !! अल्छी !! उपनामले टुइटर यात्रा सुरु गरे  | सुरुमा आफ्नै साथीको नाम सर्च गरेर फलो गरे,बिस्तारै नेपालीहरुको नाम साइडमा देखाउदै गयो | धेरै साथीलाई फलो गरे कसैले फलो ब्याक दिनु भयो कसैले दिनु भएन,सम्झे फलो ब्याक नदिने ठुलो मान्छे हुनु हुदो होला भनेर |बिस्तारै सबै कुरा बुझ्दै जादा सजिलो भयो साथी चिनजान गर्दै गर्दा सहभागितामा सहजकता थपियो | बिस्तारै फलो गर्दै गए,फलो आउन थाले चिनजान संगै रमाइलो पो लाग्न थाल्यो | यहा पनि समुह रहेछ बरिस्ठे र अबरिस्ठे जसले फलो ब्याक दिएन ठुला मान्छे हुन् भन्ने सोचेको थिए उनीहरु बरिस्ठे रहेछन,नयालाई बाल नदिने,जो नया नया म जस्ता साथीहरु अबरिस्ठे ठहरिए |अरु सामाजिक संजालमा भन्दा टुइटरमा मान्छे अलि खुलेर बोले जस्तो लाग्यो | यौनका कुरा खुलेर गर्दा रहेछन केहि जमातले यसरि यौनका बारेमा खुलेर बोलेको अन्य सामाजिक संजालमा देखेको थिएन | जे होस् यहा नेपालिहरु उदार रहेछन आफ्नो यौन कुण्ठालाई सब्द मार्फत प्रस्ट पार्दा रहेछन |

धेरै मान्छेको संगत भयो धेरैको अनुभब,मनको कुरा बुझ्न पाइयो,केहि सिकियो केहि सिकाइयो | बिहे गरि घरजाम गरेका ठुला दाइहरु भखर्को ठिटो जस्तो देखिदो ठान्दो रहेछन आफुलाई दिदिहरुको के कुरा गर्नु गाला चाम्री परेको भएपनि आफुलाई क्युट भनेर सुन्न हतार गर्दा रहेछन | मेरो मनासाए उहाहरुलाई नराम्रो भन्न खोजेको हैन !

धेरै साथीहरु नचिनेका थिए चिनजान भयो हल्का महसुस हुदैछ यसरीनै हाम्रो आत्मियता रहिरहोस यात्रा चलिरहोस |